बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीविरुद्ध युवा संघको प्रदर्शन

मङ्गलबार, २१ असार २०७९, १६ : ११
मङ्गलबार, २१ असार २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन गरेको छ । बजेट निर्माणका बेला मन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका मन्त्री शर्मालाई हटाउन माग गर्दै युवा संघले प्रदर्शन गरेको हो ।

सोमबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा मन्त्री शर्मामाथि लागेका आरोपहरुबारे छानबिन हुनुपर्ने माग राखेका थिए । अर्थमन्त्री शर्माले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप