बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आलुको बोराभित्र भेटियो ८३ लाख नेपाली रुपैयाँ

मङ्गलबार, २१ असार २०७९, १६ : ०२
मङ्गलबार, २१ असार २०७९

सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख  ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । 

मंगलबार ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप