शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्की महिलालाई सपनामा देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी

मङ्गलबार, २१ असार २०७९, १६ : ०१
मङ्गलबार, २१ असार २०७९

आफ्ना श्रीमानले अरु महिलाको प्रशंसा गरेको त के हेरेको समेत पनि श्रीमतीलाई मनपर्दैन । तर एकजना श्रीमतीले आफ्ना श्रीमानले अर्की महिलाको सपना देखेकोसमेत सहन सकिनन् । त्यसैले सुतिरहेका श्रीमानको यौनाङ्गमा तातोपानी खन्याइदिइन् । यही आरोपमा बोलिभियाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

अडिटी सेन्ट्रल यो अचम्मको घटना गत हप्ता बोलिभियाको शहर ला पाजमा भएको हो । ती महिलाले प्रहरीलाई दिएको बयान अनुसार उनका ४५ वर्षका श्रीमान् सुतिरहेका बेला बर्बराइरहेका थिए । श्रीमानले सपनामा नै अर्की महिलालाई आफ्नो प्रेम भावना व्यक्त गरिरहेका थिए । श्रीमानले अर्की महिलाको नाम लिएर बर्बराइरहेको सुनेपछि रिसले आगो भएकी श्रीमती त्यसपछि भान्सामा गइन् । एक भाँडो पानी बसालिन्, मज्जाले उमालिन् र त्यो पानी श्रीमानको यौनाङ्गमा खन्याइदिइन् । प्रहरी स्रोतका अनुसार तातो पानीले ती पुरुषको यौनाङ्गमा क्षती पुगेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनको पाखुरा र पिठ्युँमा पनि घाउ भएका छन् ।

पीडित आफैँले घटनाबारे प्रहरीलाई खबर गरे वा पोलेपछि चिच्याएको आवाजले छिमेकी सतर्क भए भन्नेबारे भने सटिक जानकारी प्राप्त छैन । तर टिएन इन्टरनेशनलका अनुसार स्थानीय अधिकारीले घटनाबारे छानबिन सुरु गरिसकेका छन् ।

ला पाजको स्पेशल क्राइम फाइटिङ फोर्सका सह–निर्देशक जुआन जोसे डोनेयरले २५ वर्षका यी व्यक्ति श्रीमतीमार्फत् घरेलु हिंसाको शिकार भएको पहिला घटना नभएको बताउँछन् । उनी भन्छन्, ‘यसअघि पनि ती महिलाले आफ्ना श्रीमानलाई अत्यधिक रक्सी खुवाएर आगो लगाइदिने प्रयास गरेकी थिइन् ।’

पहिलो पटक श्रीमानको कुन कुरामा श्रीमती यत्ति धेरै रिसाइन् भन्ने जानकारी पनि छैन । तर पछिल्लो पटक भने उनले अति नै गरेकी हुन् भन्दा फरक पर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप