ad
x

प्रदेश १ को मन्त्रिपरिषद् बैठक : यस्ता छन् ६ निर्णय

person explore access_timeअसार २१, २०७९ chat_bubble_outline0

प्रदेश नम्बर १ मन्त्रिपरिषद्को बैठक मंगलबार बसेको छ । बैठकले विभिन्न ६ वटा विषयमा निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले जानकारी दिए । 


मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँग सम्बन्धित एक÷एक गरी जम्मा ६ वटा निर्णय गरेको हो ।



उनका अनुसार, बैठकले प्रदेश सभा सचिवालयको सवारी साधनबाट दुर्घटनाका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले मोरङको कटहरी फलफूल तथा तरकारी थोक बजार संकलन(दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरी लेखा अधिकृतस्तर कर्मचारी रहने व्यवस्था गरेको मन्त्री कार्कीले बताए । 

कृषि मन्त्रालयको उक्त प्रस्तावसँगै सोही मन्त्रालयबाट प्रस्तुत भएको शिलबन्दी प्रस्ताव मूल्याङ्कन प्रक्रियामा समावेश नगर्न निर्देशन गर्ने सम्बन्धमा र पुरक संक्षिप्त संगठन संरचना तथा कर्मचारी दरबन्दी विवरण स्वीकृति सम्बन्धमा पनि बैठकले निर्णय गरेको छ । यसैगरी बैठकले यातायात व्यवस्था निर्देशनालयको संगठन संरचना स्वीकृति र अस्पताल भवन निर्माण पूर्व अनुमती सम्बन्धी कार्यविधि, २०७९ को स्वीकृति सम्बन्धमा निर्णय गरेको मन्त्री कार्कीले बताए ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।