बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भलिबल संघको बैठक साउन पहिलो साता

मङ्गलबार, २१ असार २०७९, १५ : ५२
मङ्गलबार, २१ असार २०७९

नेपाल भलिबल संघ (एनभीए) को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । आगामी निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बस्ने चुनाव ५ साउनमा हुनेछ ।

जुन बैठकले विवादित बनेको बागमती प्रदेशको निर्वाचन र केन्द्रीय चुनावी साधारणसभाको मिति तय गर्ने बताइएको छ । मनोरञ्जनरमण शर्माको कार्यसमितिको कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघले निर्वाचन गर्न सकेको छैन । सात प्रदेश र ७७ जिल्लालाई मताधिकारमा समेट्ने उद्देश्य बनाएको संघले १५ असारसम्मको लागि जिल्ला र प्रदेशको निर्वाचन गराउने अन्तिम मिति बताएको थियो । 

तर, ६ प्रदेश र ७७ जिल्लाको निर्वाचन सकिँदा पनि बागमती प्रदेशको निर्वाचनमा भने विवाद भएपछि निर्वाचन हुन सकेन । जुन बैठकले यस विवादको समेत समाधान गर्ने विश्वास गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप