आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कलंकी–कोटेश्वर चक्रपथखण्डको दायाँबायाँ हरियाली बनाउँदै एनसेल

मङ्गलबार, २१ असार २०७९, १५ : २०
मङ्गलबार, २१ असार २०७९

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले कंलकी–कोटेश्वर सडकखण्डलाई हरियाली बनाएको छ । कम्पनीले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तरगत कलंकी–कोटेश्वर चक्रपथ खण्डको १०.२ किलोमिटर सडकलाई हरियाली बनाएको हो ।

कम्पनीले वन तथा भू–संरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा लामो समयदेखि यस क्षेत्रलाई हरियाली बनाउन काम गरिरहेको छ । कम्पनीले ५ वर्षसम्मका लागि यस क्षेत्रमा रहेका रुखबिरुवाको हेरचाह गर्ने र सडकको छेउछाउमा दुवो लगाउने काम गर्ने छ ।

काठमाडौं उपत्यकाको सडकलाई हरियाली र वातावरण मैत्री बनाउने लक्ष्यसहित कम्पनीले विगत १ वर्षदेखि यस क्षेत्रमा काम गरिरहेको छ । सडकको दायाँबायाँमा रहेको जमिनमा दुवो लगाउने र विभिन्न प्रकारका फुल तथा बिरुवा लगाउँदै आइरहेको छ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) एण्डि चोङले कम्पनीको व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तरगत रहेर चक्रपथको कलंकी–कोटेश्वर खण्ड हरियाली बनाउने जिम्मा लिएको बताए । उनले सुन्दर र हरियाली उपत्यका बनाउने अभियानको एउटा सानोरूप भएको समेत बताए । यस्तै, उनले नेपाल सरकारसँग मिलेर यसप्रकारको काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

यसैगरी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चक्रपथको उक्त खण्ड हरियाली बनाइदिएकामा कम्पनीलाई धन्यवाद व्यक्त गरे । कलंकीदेखि कोटेश्वरसम्मको सडक खण्ड हरियाली बन्दा वातावरणमा समेत अनुकुल असर पर्ने र यस अभियानले स्मार्ट सिटीको परिकल्पनालाई समेत साकार पार्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप