दोस्रो दिनपनि घट्यो सेयर बजार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन गिरावट आएको छ । हिजो ९ अंकले घटेको नेप्से परिसूचक आज भने उच्च अंकले घटेको छ । आज ४६ अंकले घटेसँगै नेप्से परिसूचक २०३० अंकमा आइपुगेको छ । कारोबार सुरू भएको समयमा बजार उकालोतर्फ लागेपनि १२ बजेदेखि ओरालो लाग्न सुरू गरेको थियो । त्यसपछि, निरन्तर घट्दै बजार अन्तिम समयसम्ममा ४६ अंकले घटेर बन्द भएको हो । यसक्रममा आज २ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ८६ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
यसक्रममा आज कारोबार भएका १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ । निर्जीवन बीमा कम्पनी समूहको सूचक २३९ अंकले घट्दा जीवन बीमा समूहमा २१५ अंकको गिरावट देखिएको छ । यस्तै, उत्पादनमूलक समूहमा १४५ अंकको गिरावट आउँदा लघुवित्त समूह ११३ अंकले घटेको छ ।
यसका साथै, विकास बैंक समूह १०० अंकले घट्दा व्यापार समूह ८५ अंकले र होटल एण्ड टुरिजम समूह ७८ अंकले घटेको छ । यसबीचमा तीन वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्दा नादी ग्रुप पावर र आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर समान ९ प्रतिशतभन्दा धेरैले बढेका छन् ।
आज सानिमा बैंकको प्रमोटर समूहको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको आज मात्रै ३० करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यस्तै, अरुण काबेली पावरको सेयर ११ करोड ८२ लाखको कारोबार भएको छ ।
अघिल्लो सातादेखि निरन्तर बढ्न थालेको नेप्सेमा लगातार दोस्रो दिन गिरावट आएको हो । यसअघि, नेप्से परिसूचक घटेर १८ सय अंक हाराहारीमा पुगेको थियो । त्यसयता पुनः बढेर २१ सय अंकको बिन्दुमा पुगेपनि अहिले पुनः घटेर १९ सय अंकतर्फको बाटोमा नेप्से परिसूचक लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ओ बड्डा’ भन्दै दिलीपसँग नाचिन् सुनिता
-
अमेरिकामा बन्यो वर्षा र जोयसको ‘हिउँको गीत’
-
सिंहदरबारमा विपक्षी दलको बैठक जारी
-
‘मधुशाला गीत गजल’मा राजनराज र मिलनको साङ्गीतिक प्रस्तुति हुने
-
कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित
-
पुस मसान्तको एनपीएल दबाबलाई कम गर्नेगरी बैंकहरुलाई राष्ट्र बैंकको राहत