
कोरोना जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीको आन्दोलन जारी

कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले मंगलबार पनि आन्दोलन जारी राखेका छन् । असार १७ गतेदेखि उनीहरुले दैनिक दुई घण्टा ओपीडी सेवा बन्द धर्ना दिँदै आएका छन् ।
आफूहरुको मागबारे अझै सुनुवाइ नभएको संघर्ष समितिका संयोजक गोपाल उपाध्यायले रातोपाटीलाई बताए । कर्मचारीहरूले बिहान ९ बजेदेखि ११ बजेसम्म दैनिक रूपमा ओपीडी सेवा बन्द गरेर धर्ना दिँदै आएको उनको भनाइ छ ।
भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी रहेको दाबी गरेका छन् । सो अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते संघर्ष समिति बनाएर आफ्नो मागबारे ध्यानाकर्षण गराउँदै आएका थिए । अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले राज्यले घोषणा गरेको कोरोना जोखिम भत्ताका लागि माथिल्लो निकायमा पत्राचार गरेको बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ