शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

मङ्गलबार, २१ असार २०७९, १५ : ०२
मङ्गलबार, २१ असार २०७९

सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरो  गएको थियो ।

मृत्यु  हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसी रहेकी छन् । घाइते भएकी सोही ठाउँकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका थिए । उद्दारका लागि नेपाली सेना पश्चिम बेसक्यामको हेलिकप्टर मुगुको राराबाट घटनास्थलतर्फ पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप