नेपालबाट १० करोडको कफी निर्यात
चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट १० करोड ६६ लाख रुपैयाँ बराबरको कफी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि जेठसम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको कफी निर्यात भएको हो ।
विभागका अनुसार यस अवधिमा नेपालबाट ६२ हजार किलोग्राम कफी निर्यात भएको छ । नेपालबाट विश्वका विभिन्न १६ वटा देशमा कफी बिन्स निर्यात भएको देखिन्छ । जसमध्ये, सबैभन्दा धेरै युरोपियन मुलुकमा निर्यात भएको विभागले जनाएको छ । जर्मनीमा १ करोड ८५ लाख रुपैयाँको कफी निर्यात हुँदा स्वीजरल्याण्डमा २ करोड ४३ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, जापानमा ३ करोड ७३ लाख रुपैयाँको कफी निर्यात भएको तथ्यांकले देखाएको छ ।
यसबाहेक, अष्ट्रेलिया, अष्ट्रीया, क्यानडा, चीन, अमेरिका, बेलायत, इटाली, हङकङ, नर्वे, दक्षिण कोरिया लगायतका देशमा निर्यात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि