मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन प्रचण्डलाई अख्तियारी

मङ्गलबार, २१ असार २०७९, १३ : ५२
मङ्गलबार, २१ असार २०७९

नेकपा माओवादी केन्द्रको पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई जिम्मा दिएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यको बैठकले पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन अख्तियार दिएको हो ।

‘पार्टी केन्द्रीय समिति बैठकमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन नेताहरूले निक्कै दबाब दिए । त्यसपछि प्रचण्ड कमरेड निवास खुमलटारमा पूर्व स्थायी समिति सदस्यहरू बसेर छलफल भयो । नेताहरूले पदाधिकारी सहित सबै कमिटी फाइनल गर्ने विषयमा आ–आफ्नोतर्फबाट सुझाव दिनुभयो’ पूर्व स्थायी समिति सदस्य गणेश शाहले भने,‘पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउने सबै अधिकार अध्यक्षलाई दिएका छौँ । उहाँले सबै पदमा नाम प्रस्ताव गर्नुहुने छ ।’ 

माओवादी विधानमा अध्यक्ष सहित १५ जना पदाधिकारी हुने व्यवस्था गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष एक जना, एक जना महासचिव र एक कोषाध्यक्ष हुने छन् । अरू उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा ११ जना समेटिने भएका छन् । अरू पदमा समेट्न प्रचण्डलाई खासै समस्या नभए पनि महासचिव पदमा भने गाह्रो हुने भएको छ । महासचिव पदमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेका छन् । शर्मा र पुन दुवैसँग परामर्श गरेर प्रचण्डले पदाधिकारीलाई पूर्णता दिने नेता शाहले बताए ।

प्रचण्ड यतिबेला पदाधिकारी टुंगो लगाउन ‘होमवर्क’मा जुटेका छन् । आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले पदाधिकारी टुंगो लगाउन दबाब दिएसँगै प्रचण्ड त्यसको होमवर्कमा जुटेका हुन् । यस्तै प्रचण्डले यही मेसोमा स्थायी समिति र पोलिटब्यूरो पनि टुंग्याउन छलफल गरिरहेका छन् । प्रचण्डले सहमति जुटाउनकै लागि प्रचण्डले आज बस्ने भनिएको बैठक स्थगित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप