प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री
मङ्गलबार, २१ असार २०७९, १३ : ०६

गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै गृहमन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका हुन् ।
गृहमन्त्री खाडले भने -'सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विधेयक ल्याएको हो । प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो । '