आफ्नो अन्तिम विम्बल्डनको सेमिफाइनलमा पुगिन् सानिया
भारतकी स्टार खेलाडी सानिया मिर्जा र मेट पाविक विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् । भारत र क्रोएसियाको जोडीले मिक्सड डब्ल्सको क्वार्टरफाइनल खेलमा रोमाञ्चक जीत हासिल गरे । उनीहरुले चौथो वरीयता प्राप्त ग्याब्रिएला डाब्रोवस्की र जोन पीयर्सलाई सीधा सेटमा पराजित गरेका हुन् ।
यस जीतका लागि उनीहरुले ठूलो संघर्ष गर्नुपरेको थियो । मिर्जा र पाविकको जोडीले अन्तत: डाब्रोवस्की र पीयर्सको जोडीलाई ६–४, ३–६ र ७–५ ले हराउन सफल भए । यो प्रतिस्पर्धा १ घण्टा ४१ मिनेटसम्म चलेको थियो ।
सानियाको यो अन्तिम विम्बल्डन हो । ३५ वर्षीया खेलाडीले यसअघि नै २०२२ सिजन उनको करियरको अन्तिम सिजन हुने बताइसकेकी छन् । मिर्जाले सन् २०१६ मा अन्तिम पटक ग्राण्ड स्लाम उपाधि जितेकी थिइन् । अस्ट्रेलियन ओपनको वुमन डबल्स इभेन्टमा उनी च्याम्पियन बनेकी थिइन् । सन् २०१५ मा उनले विम्बल्डनको डबल्सको उपाधि जितेकी थिइन् । सानियाको नाममा सातवटा ग्रान्ड स्लाम उपाधिहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन