सर्वोच्चले अख्तियारसँग माग्यो विध म्यानेजमेन्टविरुद्ध मुद्दा चलाउनुको कारण
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विध म्यानेजमेन्टका सञ्चालकविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । सार्वजनिक पदमा बहाल रही राजीनामा दिई व्यापारमा लागेको अवस्थामा कम्पनीको कारोबार नै रोक्का हुनेगरी भएको मुद्दा दायरका सम्बन्धमा कारण देखाउ आदेश जारी भएको हो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले विध म्यानेजमेन्टका सञ्चालकमध्येका एक भीमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचारको मुद्दामा कम्पनीलाई समेत विपक्षी बनाउनुको आधार र कारण माग गर्दै १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको हो ।
अख्तियारले विध म्यानेजमेन्ट समेतलाई विपक्षी बनाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि कम्पनीको खाता रोक्का भएको र अन्य व्यवसायिक काम कारवाही गर्न पनि समस्या परेको भन्दै भीमकान्त भण्डारी लगायतले सर्वोच्चमा उत्प्रेषणको माग गर्दै रिट दर्ता गराएका थिए । अख्तियारले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर भ्रष्टाचारको मुद्दा दायर गरेको र मुद्दाकै कारण खाता रोक्का भई अन्य काम कारवाही गर्न नपाएको भन्दै विध म्यानेजमेन्टले अख्तियारको निर्णय कार्यन्वयन हुन नदिन नगराउन उत्प्रेषणको आदेशबाट मागदाबी लिएका थियो ।
निवेदनमा सर्वोच्च अदालतले असार १७ गते कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । त्यसपछि अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा निर्णय हुने सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्चले तत्कालका लागि अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा
-
राजधानीमा भएको आगलागीको घटनामा धनमाल जलेर नष्ट