शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

राहुल गान्धीविरुद्ध भ्रामक खबर प्रसारण गरेको आरोपमा जी न्युजका प्रस्तोता पक्राउ

मङ्गलबार, २१ असार २०७९, १२ : १७
मङ्गलबार, २१ असार २०७९

भारतीय काँग्रेसका नेता राहुल गान्धीविरुद्ध भ्रामक खबर प्रसारण गरेको आरोपमा जी–न्युजका एंकर रोहित रंजन मंगलबार बिहान पक्राउ परेका छन् । नोएडा प्रहरीले उनलाई नाटकीय परिस्थितिबीच गाजियाबादबाट पक्राउ गरेको हो ।

आफ्नो घरमा प्रहरी पक्राउ गर्न छत्तिसगढको प्रहरी पुगेपछि रोहितले बिहान ट्वीट गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, एएसपी गाजियाबाद र एडीजीजोन लखनऊसँग मद्दत मागेका थिए । त्यसपछि गाजियाबादको प्रहरी पुगेर त्यहाँ हस्तक्षेप गरेको थियो । पछि नोयडाको प्रहरी त्यहाँ पुगेर आफूहरुकोमा राहितविरुद्ध उजुरी परेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

काँग्रेसको आरोप छ कि केही दिन अघि रोहितले एक स्पेसल टिभी कार्यक्रममा नेता राहुल गान्धीको बयानलाई तोडमोड गरेर देखाएका थिए । यसले उनको छवि बिगारेको भन्दै छत्तीसगढमा उजुरी परेको थियो । दुई दिनअघि नोयडास्थित टिभी च्यानलको कार्यालयअघि प्रदर्शन गरेको आरोपमा १९ जना काँग्रेस कार्यकर्ता पक्राउसमेत परेका थिए । रोहितविरुद्ध राजस्थानमा पनि मुद्दा दर्ता भएको छ । पछि एन्कर रोहित रञ्जनले आफ्नो शोमा यसलाई मानवीय त्रुटि भन्दै माफी मागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप