बैंकहरुमा बढ्यो निक्षेप, एक सातामा ३४ अर्ब संकलन
चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकमा निक्षेप वृद्धि हुन थालेको छ । सरकारी खर्च, चालु तथा पुँजीगत खर्च बढ्नुका साथै अन्य कम्पनी तथा व्यवसायको क्लोजिङको समय समेत आएपछि बैंकमा निक्षेप बढ्न थालेको हो ।
नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार पछिल्लो साता बैंकहरुमा ३४ अर्ब निक्षेप संकलन भएको छ ।
संघका अनुसार असार १० गतेदेखि १७ गतेसम्ममा २७ वटा वाणिज्य बैंकको निक्षेप ३४ अर्बले बढ्दै ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् असार ३ गतेदेखि १० गतेसम्म बैंकहरुले ४ अर्बले मात्र वृद्धि गर्दै ४३ खर्ब ९८ अर्ब संकलन गरेका थिए ।
तर, समीक्षा अवधिमा यता कर्जा लगानीतर्फ भने बैंकहरुले जम्मा २ अर्बले मात्र वृद्धि गर्दै कुल ४१ खर्ब ८४ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो हप्ता असार ३ गतेदेखि १० गतेसम्म बैंकहरुले यस्तो कर्जा ४ अर्बले वृद्धि गर्दै ४१ खर्ब ८२ अर्ब लगानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण