बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बैंकहरुमा बढ्यो निक्षेप, एक सातामा ३४ अर्ब संकलन

मङ्गलबार, २१ असार २०७९, १२ : ४४
मङ्गलबार, २१ असार २०७९

चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकमा निक्षेप वृद्धि हुन थालेको छ । सरकारी खर्च, चालु तथा पुँजीगत खर्च बढ्नुका साथै अन्य कम्पनी तथा व्यवसायको क्लोजिङको समय समेत आएपछि बैंकमा निक्षेप बढ्न थालेको हो । 
नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार पछिल्लो साता बैंकहरुमा ३४ अर्ब निक्षेप संकलन भएको छ । 

संघका अनुसार असार १० गतेदेखि १७ गतेसम्ममा २७ वटा वाणिज्य बैंकको निक्षेप ३४ अर्बले बढ्दै ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् असार ३ गतेदेखि १० गतेसम्म बैंकहरुले ४ अर्बले मात्र वृद्धि गर्दै ४३ खर्ब ९८ अर्ब संकलन गरेका थिए । 

तर, समीक्षा अवधिमा यता कर्जा लगानीतर्फ भने बैंकहरुले जम्मा २ अर्बले मात्र वृद्धि गर्दै कुल ४१ खर्ब ८४ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो हप्ता असार ३ गतेदेखि १० गतेसम्म बैंकहरुले यस्तो कर्जा ४ अर्बले वृद्धि गर्दै ४१ खर्ब ८२ अर्ब लगानी गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप