बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रामेछापको लुभुघाटमा बस दुर्घटना, ४० जना घाइते

मङ्गलबार, २१ असार २०७९, ११ : २४
मङ्गलबार, २१ असार २०७९

रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए ।

दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापका डिएसपी थिङ दुर्घटनास्थलमा जाँदै छन् ।

लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप