शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा चट्याङ्ग लागेर एक बालकको मृत्यु

मङ्गलबार, २१ असार २०७९, ११ : ०९
मङ्गलबार, २१ असार २०७९

गुल्मीको अग्लुङ्ग नेपाने गाउँमा आज बिहान चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । मदाने गाउँपालिका -१ मा पर्ने दिगाउँका गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको  हो  ।  

आज बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए  ।

उनका अनुसार जिल्लाकै  छत्रकोट  गाउँपालिका-६  दौघामा  पनि चट्याङ्ग लागेर टोप बहादुर लम्तरीको गोठको भैंसी मरेको छ । त्यस्तै  अबिरल  वर्षाका  कारण इस्मा  गाउँपालिका-१ तरिखर्कका बिनबहादुर रेस्मीको  पहिरोले गोठ भत्किँदा  एउटा भैंसी  मर्नुको  साथै  करिव  सवा  दुई लाख  बराबरको क्षती भएको  छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप