शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘आन्टी’ भनेर बोलाउनेहरुलाई अभिनेत्री शमिता शेट्टीको जवाफ

मङ्गलबार, २१ असार २०७९, १० : ४८
मङ्गलबार, २१ असार २०७९

बलिउड अभिनेत्री शमिता शेट्टीलाई धेरैले चिन्दछन् । उनी हालै बिग बोस ओटीटी र त्यसपछि बिग बोस सिजन-१५ मा देखिएकी थिइन् । शमिता बिग बोस सिजन–१५ मा टप–५ मा रहिन् । तर, शमिता शेट्टीले बिग बोसको घरमा धेरै पटक उमेर बढी भएकोमा लज्जा (एज सेमिङ) को सामना गर्नुपरेको थियो । तेजस्वी प्रकाश र शमिताबीच भएका धेरै झगडाहरू हेडलाइन बने । शमिता शेट्टीले शो भित्र र बाहिर पनि यो कुरा उल्लेख गरिरहेकी छिन् ।

यस्तो अवस्थामा शमिता शेट्टीसँग बीबीसी हिन्दीले विशेष कुराकानी गरेको छ । यस क्रममा शमिताले डिप्रेसन, बिग बोस र आफ्नो परिवारको बारेमा खुलेर कुरा गरेकी छिन् ।

‘म आन्टी हुँ भने तिमी पनि अंकल हौ’

बिग बोस शोमा एज शेमिङ बारे शमिता शेट्टीले भनिन्, ‘बिग बोसको घरभित्र जुन ‘शब्द’ प्रयोग गरिन्थ्यो, अब ती  ‘शब्द’ बाहिर पनि सुन्ने गरेको छु । म केही समय दुःखी थिएँ । यसो भन्नेहरु  शिक्षित थिए र बाहिरी संसारमा फरक खालका देखिन्छन् । उनीहरुले यो कुरा निकै सजिलै बिर्सन्छन् । तर तिनीहरूले बाहिर के सन्देश दिइरहेका छन् ? ती मानिसहरूका कारण घरभित्र मेरो लागि जुन ‘शब्द’ प्रयोग हुन्थे त्यो अहिले बाहिर प्रयोग भइरहेको छ । त्यस्ता कुरा किन भनियो मैले बुझ्न सकिन किनभने त्यहाँ मेरो उमेरका अन्य केही मानिसहरू पनि  थिए । यदि तपाईंले मलाई आन्टी भन्नुहुन्छ भने तपाईं अंकल हुनुहुन्छ ।

तर, शमिता अहिले यी सबै कुराबाट बाहिर निस्किसकेको बताउँछिन् ।

‘बिग बोस मेरो लागि आफूलाई देखाउने मौका थियो’

गत वर्ष नै बिग बोस ओटीटी सुरु भयो र शमिता शेट्टीले यस शोमा भाग लिइन् । यो त्यहि समय थियो जब शिल्पा शेट्टीका पति राज कुन्द्रा समस्यामा परेका थिए र अश्लील फिल्म बनाएर एप मार्फत् उपलब्ध गराएको आरोपमा पक्राउ परेका थिए ।

शमिता आफ्नी दिदी शिल्पा र परिवारसँग धेरै नजिक छिन्, त्यसैले उनले यस्तो समयमा बिग बोस ओटीटीमा जाने निर्णय किन गरिन् ? यो प्रश्नको जवाफमा शमिताले आफ्नो परिवारले पनि आफूलाई यो शोको हिस्सा बनाउन चाहेको बताइन् । शमिता भन्छिन्, ‘साँच्चै भन्ने हो भने, मैले यो प्रतिबद्धता धेरै अघि दिएको थिएँ र त्यो प्रतिबद्धता मैले पूरा गर्नुपर्दथ्यो । मेरो परिवार पनि म त्यहाँ गएको र त्यहाँ बसेको हेर्न चाहन्थ्यो । मेरो बारेमा पनि धेरै कुराहरू भनिएको थियो जससँग मेरो कुनै सरोकार थिएन । मलाई लाग्यो कि यो मैले आफूलाई देखाउने मौका हो ।’

फिल्मी ब्याकग्राउन्डले थप समस्या निम्त्याउँछ

शमिताको बलिउड करियर फिल्मको संख्याको हिसाबले धेरै लामो छैन । शमिता शेट्टी आफैंले पनि राम्रो फिल्म नपाएको बताउँछिन् । शमिताकी बहिनी शिल्पा बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन्, त्यसोभए के यस्ता चीजहरूले स्थिति सहज बनाउँछ ? यस प्रश्नमा शमिता भन्छिन्, ‘मलाई लाग्छ कि यसले झनै समस्या निम्त्याउँछ । विशेष गरी, जब तपाईं फिल्मी ब्याकग्राउन्डबाट आउनुहुन्छ र तपाईंको परिवारको सदस्य यस उद्योगमा हुनुहुन्छ भने, त्यहाँ लगातार तुलना हुने गर्छ । मलाई थाहा छैन, यस्तो तुलना किन गरिन्छ ? कुनै पनि दुई व्यक्ति एउटै खालका हुन सक्दैनन् ।’

शमिता शेट्टीलाई शिल्पा शेट्टीसँग तुलना गर्ने गरिन्छ । यसमा शमिता भन्छिन्, ‘सबैले आफ्नो भाग्य आफूसँगै लिएर आएका हुन्छन् र भाग्यको महत्पूर्ण भूमिका हुन्छ । त्यति धेरै फिल्म पाउन वा राम्रो फिल्म पाउन मेरो भाग्यमा नै थिएन कि ? एक कलाकारले आफ्नो सिर्जनशीलता व्यक्त गर्न नपाउनु दुःखदायी कुरा हो ।’

‘डिप्रेशनमा हरेक दिन तपाईं लड्नुपर्छ ’

एक समय यस्तो पनि आयो जब शमिता शेट्टी डिप्रेशनमा थिइन् । सुरुमा आफूलाई के भइरहेको छ भन्ने थाहा नभएको उनी बताउँछिन् । शमिता भन्छिन्, ‘त्यतिबेला म रिलेसनसिपमा थिएँ र उनी एकदमै राम्रो व्यक्ति थिए । उनले मलाई ‘शमिता तिमीमाथि केही नराम्रो भइरहेको छ है’ भनेर भनिरहन्थे । जब तपाईं त्यो चरणबाट गुज्रनुहुन्छ, तपाईं आफैलाई के भइरहेको छ भनेर थाहा हुँदैन । म कता हराइरहेको हुन्थेँ । ममाथि के भइरहेको छ भनेर थाहा पनि हुँदैनथ्यो । त्यो अवधिमा मेरो परिवारले मलाई धेरै साथ दियो । त्यो समय निकै कठिन थिए । जो व्यक्ति डिप्रेशनमा हुन्छन् उनीहरुका लागि हरेक दिन एक लडाईं हो । ’

शमिता शेट्टीले थपिन्, ‘जब कसैले तपाईंलाई डिप्रेसन भइरहेको छ भन्ने थाहा पाउँछन् तब ती व्यक्तिको पहिलो सोच यो हुन्छ कि यी व्यक्ति कमजोर छन् । यस्ता मानिसहरुले के बुझ्नुपर्छ भने जो मानिस यो अवस्थाबाट गुज्रिसकेका छन् र जो यसबाट बाहिर आएका छन्, उनीहरु असाध्यै बलिया व्यक्ति हुन् ।’

शमिता भन्छिन्, ‘आफूले आफ्नो लागि गर्नुपर्ने काम गर्न नपाएकोले म डिप्रेसनमा गएको थिएँ । मेरो फिल्म र अन्य कुराबीच लामो ग्याप थियो । यो दुर्भाग्यपूर्ण थियो, मैले त्यो चाहेकी थिइनँ । तर, मैले राम्रो काम पाइरहेकी थिइनँ  । म देखिनका लागि मात्रै काम गरुँ भन्ने चाहन्नँ ।  तर यी सबका बीचमा म शो गर्दै थिएँ, कमाइरहेकी थिएँ र घर चलाइरहेको थिएँ । मानिसहरूले सोच्छन् कि तपाईंले फिल्ममा काम नगर्दा पैसा कमाउनुहुन्नँ । तर यो सही होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप