ad
x

इटालीमा ७० वर्ष यताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणाको तयारी

person explore access_timeअसार २१, २०७९ chat_bubble_outline0

इटालीले झण्डै ७० वर्ष यताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्था घोषण गर्न लागिएका क्षेत्रहरूले सामान्यतया इटालीको कुल कृषि उत्पादनको लगभग ३०  प्रतिशत   योगदान दिन्छ ।


खडेरीले यो वर्ष ठूलो विनाश निम्त्याएको छ । आपतकाल घोषणापछि घर र व्यवसाय दुवैका लागि खानेपानी, रासनजस्ता विषयमा सुधार गर्न स्थानीय अधिकारीहरूलाई कदम चाल्न सजिलो हुने विश्वास गरिएको छ । 



वर्तमान अवस्थालाई असाधारण साधन र शक्तिका साथ प्रभावित जनतालाई राहत र सहायता प्रदान गर्ने आपतकालीन अवस्थाको उद्देश्य रहेको सरकारले जनाएको छ । खडेरी सामना गर्न सरकराले थप कदम चाल्न सक्ने र गर्मी मौसमको तापलहरले स्थानीयलाई समस्या भएको रोयटर्सले जनाएको छ । 

उत्तरी इटालीका पाँच क्षेत्रहरू– इमिलिया–रोमाग्ना, फ्रिउली भेनेजिया गिउलिया, लोम्बार्डी, पिडमोन्ट र भेनेटोमा पनि आपतकाल घोषणा गरिएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।