कता जालान् रोनाल्डो ?
क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने इच्छा व्यक्त गरेपछि अर्को प्रिमियर लिग क्लब चेल्सीले उनलाई अनुबन्ध गर्ने तयारी गरेको छ । रोनाल्डोले युनाइटेडलाई राम्रो अफर आए आफूलाई क्लब छाडेर जान दिन आग्रह गरेका थिए ।
युनाइटेडले भने रोनाल्डो बिक्रीमा नरहेको र उनको करार २०२३ सम्म रहेको बताउँदै आएको छ । तर ३७ वर्षीय खेलाडीले क्लब छाड्ने चाहना स्पष्ट गर्दै सोमबार प्रिसिजन ट्रेनिङमा फर्किएनन् ।
द एथ्लेटिकका अनुसार चेल्सीका मालिक टोड बोहली र रोनाल्डोका एजेन्ट जोर्ज मेन्डेजबीच रोनाल्डोलाई अनुबन्ध गर्ने विषयमा छलफल जारी रहेको छ । चेल्सीका म्यानेजर थोमस टुकल पनि रोनाल्डोका प्रशंसक रहेका छन् । राेनाल्डो स्टामफोर्ड ब्रिज आउने नआउने उनको इच्छामा पनि भर पर्ने समाचारमा बताइएको छ ।
उता, स्पेनिस पत्रिका एएसले बार्सिलोना पनि रोनाल्डोको अवस्थालाई नियालिरहेको सनसनीपूर्ण दाबी गरेको छ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले रोनाल्डोलाई भित्र्याउने बारे रोनाल्डोका एजेन्ट मेन्डेजसँग सोमबार बार्सिलोनामा भेटेर छलफल गरेको दाबी गरेको छ । सो भेटमा रोबेन नाभास, राफा लियो र बर्नार्डो सिल्भाको बारेमा पनि चर्चा भए पनि रोनाल्डोको एक विकल्पको रूपमा छलफल गरिएको पत्रिकाले दाबी गरेको छ ।
लापोर्टाले गत सिजन नै रोनाल्डोलाई भित्र्याउने प्रयास गर्ने तयारी गरे पनि क्लबको आर्थिक अवस्थाले गर्दा उनले त्यसबारे केही गर्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा
-
सुमेरु सहकारीको ३ कार्यालयमा सिल