बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कता जालान् रोनाल्डो ?

चेल्सीदेखि बार्सिलोनासम्म ‘अलर्ट’मा
मङ्गलबार, २१ असार २०७९, १० : ४४
मङ्गलबार, २१ असार २०७९

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने इच्छा व्यक्त गरेपछि अर्को प्रिमियर लिग क्लब चेल्सीले उनलाई अनुबन्ध गर्ने तयारी गरेको छ । रोनाल्डोले युनाइटेडलाई राम्रो अफर आए आफूलाई क्लब छाडेर जान दिन आग्रह गरेका थिए ।

युनाइटेडले भने रोनाल्डो बिक्रीमा नरहेको र उनको करार २०२३ सम्म रहेको बताउँदै आएको छ । तर ३७ वर्षीय खेलाडीले क्लब छाड्ने चाहना स्पष्ट गर्दै सोमबार प्रिसिजन ट्रेनिङमा फर्किएनन् । 

द एथ्लेटिकका अनुसार चेल्सीका मालिक टोड बोहली र रोनाल्डोका एजेन्ट जोर्ज मेन्डेजबीच रोनाल्डोलाई अनुबन्ध गर्ने विषयमा छलफल जारी रहेको छ । चेल्सीका म्यानेजर थोमस टुकल पनि रोनाल्डोका प्रशंसक रहेका छन् । राेनाल्डो स्टामफोर्ड ब्रिज आउने नआउने उनको इच्छामा पनि भर पर्ने समाचारमा बताइएको छ ।

उता, स्पेनिस पत्रिका एएसले बार्सिलोना पनि रोनाल्डोको अवस्थालाई नियालिरहेको सनसनीपूर्ण दाबी गरेको छ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले रोनाल्डोलाई भित्र्याउने बारे रोनाल्डोका एजेन्ट मेन्डेजसँग सोमबार बार्सिलोनामा भेटेर छलफल गरेको दाबी गरेको छ । सो भेटमा रोबेन नाभास, राफा लियो र बर्नार्डो सिल्भाको बारेमा पनि चर्चा भए पनि रोनाल्डोको एक विकल्पको रूपमा छलफल गरिएको पत्रिकाले दाबी गरेको छ । 

लापोर्टाले गत सिजन नै रोनाल्डोलाई भित्र्याउने प्रयास गर्ने तयारी गरे पनि क्लबको आर्थिक अवस्थाले गर्दा उनले त्यसबारे केही गर्न सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप