
नीताले दिइन् ‘ब्याचलर पार्टी’

अभिनेत्री नीता ढुंगानाले ‘ब्याचलर पार्टी’ दिएकी छन् । उनले आफ्ना केही नजिकका साथीलाई सोमबार होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिएकी हुन् । ‘ब्याचलर पार्टी’को जानकारी उनले सामाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै गराएकी छन् । तस्बिरका साथ उनले सिंगल जीवन सकिएको समेत बताएकी छन् ।
नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आगामी शुक्रबार अर्थात २४ असारमा विवाह गर्न लागेकी हुन् । उनले विवाह समारोहको निम्तो समेत सबैलाई बाँडिसकेकी छन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमै बिहान १० बजेदेखि आयोजना हुने वैवाहिक कार्यक्रममा आफन्त र परिवारलाई मात्र बोलाइएको छ । नीताले हरिहरसँगको करिव ४ वर्षको प्रेम विवाहमा परिणत गर्न लागेकी हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ