बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रक्सजबले सुरु गर्‍यो एकेडेमिक पार्टनरसीप प्रोग्राम

मङ्गलबार, २१ असार २०७९, १० : ४०
मङ्गलबार, २१ असार २०७९

फ्रक्सजबले एकेडेमिक पार्टनरसीप प्रोग्राम (एफएपिपी)सुरु गरेको जानकारी दिएको छ । एफएपिपीले भर्खरै स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई करिअरको बाटोमा अझ प्रभावकारी तरिकाले अघि बढ्न मदत गर्ने जनाइएको छ । 
यसअन्तर्गत रोजगारीको अवसर खोज्न विद्यार्थी भौंतारिनुनपर्ने बरु फ्रक्सजबमा आबद्ध कम्पनीहरु नै उनीहरुसम्म आइपुग्ने बताइएको छ । यसरी विद्यार्थीसम्म पुगेका रोजगारदाताले कलेज विद्यार्थीमा रहेको सम्भावनाको पहिचान गरी उनीहरुलाई अवसर प्रदान गर्ने फ्रक्सजबको विज्ञप्तिमा उल्लेख छ ।

‘विद्यार्थी र कलेजहरुका लागि एफएपी कार्यक्रम सम्भाव्य रोजगारदाता भेट्ने, रोजगारी र इन्टर्नसिपका लागि आवेदन दिने र रोजगारी दिने कम्पनी फेला पार्ने अभूतपूर्व अवसर हो,’ विज्ञप्तिमा भनिएको छ । फ्रक्सजबले आफ्ना साझेदार कलेजका विद्याथीलाई हरेक वर्ष रोजगारीसम्बन्धी परामर्श पनि दिने गरेको छ । यस्ता परामर्शबाट विद्यार्थीले आफ्नो रोजगारीको लक्ष्यबारे प्रस्ट आइडिया पाउने कम्पनीको भनाइ छ । 

फ्रक्सजब स्वदेशी र बहुराष्ट्रिय संस्थालाई सक्षम जनशक्ति तथा अवसरका रोजगारका खोजीमा रहेकाहरुलाई क्षमताअनुसारको उपयुक्त अवसर उपलब्ध गराउने काममा एक दशक लामो अनुभवी कम्पनी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप