शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेड जाने भए एरिक्सन

मङ्गलबार, २१ असार २०७९, १० : २७
मङ्गलबार, २१ असार २०७९

डेनमार्कका मिडफिल्डरले म्यानचेस्टर युनाइटेडसँग फ्रि–ट्रान्सफरमा अनुबन्ध हुनका लागि सहमति जनाएका छन् । ३० वर्षीय खेलाडीको ब्रेन्टफोर्डसँगको अल्पकालीन करार गत महिना सकिएको थियो ।

एरिक्सनले सुरुमा ब्रेन्टफोर्डमा रहने तयारी गरे पनि युनाइटेडको अफरले उनलाई लोभ्याएको बीबीसी स्पोर्टले उल्लेख गरेको छ । युनाइटेडमा उनको मेडिकल बाँकी रहेको छ । युनाइटेडसँग उनले ३ वर्षको करार गर्ने बुझिएको छ ।

सिरिए ए क्लब इन्टर मिलानले उनलाई रिलिज गरेपछि एरिक्सन गत सिजन प्रिमियर लिग फर्किएका थिए । युरो २०२० को खेलको दौरान कार्डियाक अरेस्ट भएपछि उनको मुटुमा आईसीडी राखिएको छ । इटालियन लिगमा आईसीडी राखेर खेल्न मनाही छ । उनले यसअघि टोटनहम हटस्पर्सबाट २०१३ देखि २०२० सम्म खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप