बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पदाधिकारी चयनको आन्तरिक गृहकार्यमा माओवादी

मङ्गलबार, २१ असार २०७९, ०९ : ४५
मङ्गलबार, २१ असार २०७९

नेकपा (माओवादी केन्द्र) जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेर पदाधिकारी चयनको गृहकार्यमा जुटेको छ । केन्द्रीय कमिटी बैठकमा तत्काल पदाधिकारी चयन गर्न चर्को दवाव आएपछि पार्टी सोको तयारीमा जुटेको हो । 
 
आज ११ बजे बस्ने भनिएको  केन्द्रीय समिति बैठक भोलि मात्र बस्ने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । 

यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका  थिए । 

गत पुसमा भएको महाधिवेशनले प्रचण्डलाई अध्यक्षमा चयन गरेपनि वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–६, महासचिव–१, सचिव–३, कोषाध्यक्ष–१ सहित १४ वटा पद खाली छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप