ad
x

दक्षिण चीन सागरमा १२ शव फेला

person explore access_timeअसार २१, २०७९ chat_bubble_outline0

दक्षिण चीन सागरमा १२ शव फेला परेका छन् । फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ ।  । दुर्घटनाग्रस्त जहाजमा चालक दलका ३० जना सदस्य थिए ।


हङकङको दक्षिणपश्चिममा १६० समुद्री माइल टाढा रहेको एउटा इन्जिनियरिङ जहाज टाइफुनपछि दुर्घटनामा परेको थियो । टाइफुनका कारण जहाजमा ठूलो क्षति भएको थियो । टाइफुनले जहाज दुई टुक्रामा विभाजित भएको थियो ।



चिनियाँ सञ्चार माध्यमका अनुसार शनिबार तीन जना र थप एक जनालाई सोमबार बिहान उद्धार गरिएको थियो ।

हङकङका अधिकारीहरूले यसअघि उपलब्ध गराएको नाटकीय फुटेजमा एक व्यक्तिलाई हेलिकप्टरमा चढेको देखाइएको थियो जबकि छालहरू तल अर्ध डुबेको जहाजको डेकमा ठोक्किएको थियो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।