भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला
जिल्ला भित्रै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले दुई दिवसीय रोजगार मेला सञ्चालन गर्ने भएको छ । बुधवार देखी सुरु हुने उक्त मेला अबधीभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क सङ्कलन गर्नेलगायतका कार्यहरु गरिनेछ ।
६० वटा स्टल रहने उक्त मेलामा चितवनका सातवटा स्थानीय तहका रोजगार प्रतिनिधिहरू, जब लिङ्क तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रको स्टल रहने छन भने मेलालाई उद्योग वाणिज्य संघ चितवन, चितवन होटल व्यवसायी महासंघ, रत्ननगर उद्योग वाणिज्य संघ र चितवन चेम्बर अफ कमर्ससँगले सहकार्य गरेको भरतपुर महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार जिल्लाभित्र हुने विकास निर्माणको काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको अवस्थामा बुधवार देखी सुरु हुने मेला उपयोगी हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा