शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कियाराका ‘क्रेजी’ फ्यान

मङ्गलबार, २१ असार २०७९, ०९ : ०७
मङ्गलबार, २१ असार २०७९

बलिउड अभिनेत्री कियारा आडवाणीले हालै एक अन्तर्वार्ताका क्रममा एक पागल फ्यानको बारेमा खुलासा गरेकी छिन् । उनले एक फ्यानले आफूलाई निकै चकित बनाएको र त्यसको कारण निकै डराएको पनि बताइन् । कियाराले आफू आफ्नो अपार्टमेन्टको माथिल्लो तलामा बस्ने बताइन् । यस्तो अवस्थामा उनका फ्यानले आफू कति ठूलो फ्यान हो भन्ने देखाउन लिफ्टबाट नआएर सिँढीबाट आउने निधो गरे ।

कियाराले भनिन्, ‘एउटा व्यक्तिले मेरो लागि अहिलेसम्मकै सबैभन्दा पागल काम गर्नुभयो । उहाँ साँच्चै एक पागल प्रशंसक हुनुहुन्थ्यो। मेरो घर कुन तल्लामा छ म बताउँदिनँ। तर वहाँ मलाई भेट्न माथिसम्म सिँढी चढेर आउनुभयो । उहाँलाई अत्यधिक पसिना आएको थियो । मैले सोधेँ के भयो ? तपाईं ठीक हुनुहुन्छ? पानी चाहियो?'

उनले थप भनिन्, ‘त्यसपछि ती फ्यानले मलाई भन्नुभयो कि म सिँढी चढेर आएको छु । तिमी मेरो लागि कति विशेष छौ भनेर देखाउन चाहन्थें। उनको कुरा सुनेर म डराएको थिएँ र यो पागलपन महसुस भयो।'

कियारा हालै रिलिज भएका ‘जुग्जुग जियो’ र ‘भूल भुलैया २’ को सफलताको आनन्द लिइरहेकी छिन् । यस बाहेक उनी विक्की कौशल र भूमि पेडनेकरको साथ ‘गोविन्द नाम तेरा’ मा देखिनेछिन् । यससँगै उनीसँग रामचरणको तेलुगु फिल्म ‘आरसी १५’ पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप