
भारतको व्यापार घाटा बढ्दो

भारतको व्यापार घाटा लगातार बढिरहेको छ । यसको अर्थ विदेशी मुद्रा सञ्चिति घट्दो छ जुन अर्थतन्त्रका लागि राम्रो होइन । अङ्ग्रेजी पत्रिका द हिन्दूको समाचार अनुसार जुन महिनामा भारतको निर्यात १६.८ प्रतिशतले बढेको छ भने आयात ५१ प्रतिशतले बढेको छ ।
जुनमा भारतको व्यापारिक व्यापार घाटा बढेर २५.६३ अर्ब डलर पुगेको छ । यो महिनामा भारतको आयात ५१ प्रतिशतले बढेर ६३.६ अर्ब डलर पुगेको थियो भने निर्यात करिब ३८ अर्ब डलरले बढेको थियो ।
त्यस्तै भारतको कोइला आयात तीन गुणाले बढेको छ । सुनको आयातमा पनि १६९ प्रतिशतले वृद्धि भई २ अर्ब ६ करोड डलर नाघेको छ । पेट्रोलियम आयात पनि ९४.२ प्रतिशतले बढेको छ । गैरपेट्रोलियम आयातको अंश ४२.८४ अर्ब डलर रहेकोमा ३६.४ प्रतिशतले बढेको छ । अर्कोतर्फ चाँदीलगायत महँगो धातुको आयात पनि ३१.७ प्रतिशतले बढेको छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ