
अखिल क्रान्तिकारीको समानान्तर समिति १ सय ९७ सदस्यीय (सूचीसहित)

प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रिय समितिको पुर्ण बैठक चलिरहँदा सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समूहले भने समानान्तर समितिलाई पूर्णता दिएको छ ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान बिपरित पदाधिकारी चयन देखी केन्द्रीय समितिमा सदस्य थप गरेको भन्दै लामो समय देखी असन्तुष्ट कार्की समुहले अखिल क्रान्तिकारी बिशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिविधिमार्फत पूर्णता दिएको हो ।
सो समूहले १ सय ९७ सदस्य केन्द्रिय आयोजक समिति गठन गर्दै प्रदेश १ मा भरत घिमिरे, मधेस प्रदेशमा शिवराज धमला, बाग्मती प्रदेशमा सुरजसिंह ठकुरी, गण्डकी प्रदेशमा विकास भट्टराई, लुम्बिनी प्रदेशमा बिनोद बराल, कर्णाली प्रदेशमा पदम नेपाली, सुदूरपश्चिममा सिके भट्ट र बिशेष प्रदेशमा सञ्जिव कार्कीलाई इन्चार्ज संयोजक तोकेको छ ।
सो समूहका उपदेश यादवका अनुसार झन्डै २ दर्जन केन्द्रिय विभागमा पनि इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन । आगामी बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गर्ने यादवले जानकारी दिएका छन ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ