शिकागोमा गोली चलाएर ६ जनाको हत्या गर्ने २२ वर्षीय संदिग्ध पक्राउ

अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्यामा संलग्न एक संदिग्धलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरिएको हो । हतियारधारी ती व्यक्तिलाई प्रहरीले ‘खतरनाक’ भनेको छ ।
इलिनोइसको हाइल्याण्ड पार्क सहरमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए । संदिग्धले उच्च क्षमताको राइफलले परेडमा सहभागीलाई गोली हानेका थिए । आक्रमणमा कम्तीमा २४ जना घाइते भएका छन् ।
आक्रमणपछि मानिसको भागदौड हुँदा घटनास्थलमा झोला, जुत्तालगायतका सामाग्री यत्रतत्र छोडेको देखिन्छ । गोलाबारीमा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
बारम्बार बन्दुक आक्रमण हुने अमेरिकामा शिकागो हमला पछिल्लो सामूहिक गोलाबारी हो । पछिल्लो हमलाबाट आफू स्तब्ध भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?
-
कस्तो रहनेछ तपाईंको आजको राशिफल ?
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन