बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँची खेलकुद विकास समिति अध्यक्षमा क्षत्री

मङ्गलबार, २१ असार २०७९, ०८ : १२
मङ्गलबार, २१ असार २०७९

अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली काँग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन्  । प्रदेश खेलकुद बिकास समिति लुम्बिनीले क्षत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी  २० गते नियुक्ति प्रदान गरेको हो ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले असार १९ गतेको निर्णयअनुसार २० गतेदेखि नै सक्रिय बन्नेगरी नयाँ समितिलाई अख्तियारी प्रदान गरेका हुन् ।

अध्यक्षको जिम्मेवारी पाएका क्षत्री नेपाली कांग्रेस अर्घाखाँचीका कोषाध्यक्ष हुन भने उपाध्यक्षमा एकीकृत समाजवादीका नेता पिताम्वर खनाल र कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम आले नियुक्त भएका छन् ।

त्यस्तै,सदस्यहरुमा लक्ष्मण पाण्डे, सीता भुसाल, गणेश भुसाल, सन्जय पाण्डे, रेमकला खत्री र कृष्ण भुसाल नियुक्त भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप