तिल्केवासीको नियित : पानी परेपछि घर छोडेर अस्थायी टहरामा आश्रय
कटारी नगरपालिका– १० सोरुङ्ग तिल्केचौरका स्थानीय अस्थायी टहरामा वस्न थालेका छन् । जमिन नै भासिएर पहिरोको उच्च जोखिममा रहेका तिल्केवासी वर्षा सुरु भएपछि ज्यान जोगाउन अस्थायी टहरामा बस्न थालेका हुन् ।
त्यहाँ १७ घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । १७ घरमध्ये ११ घरपरिवार टहरामा र अन्य सदस्य आफन्तका जाने गरेका छन् ।‘पानी परेपछि टहरामा बस्नुहुन्छ ’वडाध्यक्ष खड्काले भने । बस्तीभन्दा ५ सय मिटरमाथि अस्थायी टहरा निर्माण गरिएको छ ।
कटारी नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा प्राप्त सामाग्रीबाट स्थानीय आफैले सुरक्षित स्थानमा टहरा निर्माण गरेको वडाध्यक्ष खड्काले बताए । स्थानीयका अनुसार गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परेकाले जतिबेला पनि पहिरो जाने खतरा छ ।
आईतबारदेखि गाउँलेहरू पानी नपर्दा गाउँघरमा रहे पनि पानी परेपिछ टहरामा बस्ने गरेका छन् । गाउँ नै पहिराको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान खतरामा रहेको तिल्केवासी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि