शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित

मङ्गलबार, २१ असार २०७९, ०७ : ४२
मङ्गलबार, २१ असार २०७९

तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो ।

विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार–प्रसार गर्न, व्यावसायीकरण र विविधिकरण गर्न तथा तेह्रथुमको ढाकाको विशेष पहिचान स्थापित गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरे । म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितको घोषणा कार्यक्रम सम्पन्न भएको हो । 

जिल्लामा उत्पादित ढाका कपडाको प्रवद्र्धन गरी ढाका उद्योगको विकास गर्न, घर–घरसम्म ढाका बुन्ने संस्कृतिको विस्तार गर्न र यहाँ उत्पादन हुने ढाका कपडाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यका साथ जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको म्याङलुङ नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए । स्थानीय सरकारले ढाका कपडा उत्पादन कार्यलाई प्रवद्र्धन गर्न विगतका वर्षहरूबाटै ढाका बुनाइ तालिम तथा सहयोग सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप