शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको पदाधिकारी बैठक बस्दै

मङ्गलबार, २१ असार २०७९, ०६ : ५७
मङ्गलबार, २१ असार २०७९

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । मङ्गलबार दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो । महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै  विषयमा छलफल हुने बताए ।

उनले रातोपाटीलाई भने, 'स्थानीय निर्वाचनअघि देखि भ्रातृ संस्थाको विधान परिमार्जनका विषयमा छलफल भइरहेको छ । बीचमा निर्वाचनका कारण राखिएको थियो । आज त्यसमा छलफल हुन लागेको हो ।'

भ्रातृ संस्थाको विधान वाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुने उनले बताए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने बुझिएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने छन् ।

उक्त बैठकमा विधान  परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल हुने सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष 'डिना'ले बताइन्  ।  सहमहामन्त्री जीवन परियारले पार्टीभित्रका फरक  मतलाई  नेतृत्वले सम्बोधन गर्नुपर्ने बताए ।

उनले   भने, 'केन्द्रीय कार्यसमितिको   बैठकका सन्दर्भमा कुराकानी हुन्छ। साथै हामीले पार्टीलाई गतिशील  बनाउन उठाएका विषयमा पनि केही सरसल्लाह हुने नै छ ।' काँग्रेसले असार २७ मा स्थानीय निर्वाचनका समीक्षा,संघ र प्रदेश निर्वाचनको रणनीति र पार्टीको आन्तरिक संरचना निर्माणका छलफल गर्न   केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप