बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कृषकलाई आधुनिक प्रविधिका यन्त्र वितरण

मङ्गलबार, २१ असार २०७९, ०६ : ४५
मङ्गलबार, २१ असार २०७९

कृषि विकास कार्यालय जुम्लाले कृषकलाई आधुनिक प्रविधिका कृषि यान्त्रिकरण वितरण गरेको छ। खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै राष्ट्रिय समृद्धि हाँसिलका लागि उत्पादनमा बृद्धि गर्न वितरण गरेको हो।

कार्यालयले  चालु आर्थिक वर्षको व्यवसायीक कृषकका लागि कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत ८  वटै स्थानीय तहका कृषकलाई जोत्ने देखि तेल पेल्ने, घट्ट पिस्ने र जौ ,गहुँ र धान चुट्ने सम्मका उपकरण उपलब्ध गराएको हो। १८ वटा जौ ,गहुँ र धान चुट्ने,२ वटा तेल पेल्ने,३ वटा कुटानी पिसानी र १६ वटा खेत जोत्ने हाते ट्याक्टर वितरण गरिएको कृषि विकास कार्यालय प्रमुख गणेश अधिकारीले बताए ।

महिलाहरुको कार्य बोझ घटाउने, कृषिमा यान्त्रिकरण ल्याउने र समयको बचत गर्ने उदेश्य रहेको उनले जनाए । जुम्ली महिलाको अधिकांश समय घरधन्दा मेलापात गरेरै बित्छ । तुलनात्मक रुपमा पुरुषभन्दा महिला नै घरको काम बढी गर्छन् । बालीनाली रोप्ने,अन्न भित्र्याउने, भण्डारण गर्नेदेखि हरेक महिलाकै काँधमा हुन्छ । 

परम्परागत खेती प्रणालीले एकातर्फ समय बढी खर्चिने र अर्कोतर्फ महिलालाई कार्य बोझ बढ्ने समस्या छ। जसका कारण कृषिमा यान्त्रीकरण अत्यावश्यक छ । कार्यबोझको कारण जुम्लामा अधिकांश महिला गर्भ तुहिने, कुपोषण हुने, रक्तअल्पता, पाठेघर खस्ने जस्ता समस्याबाट पनि ग्रसित छन् ।

जुम्लाको मुख्य पेशा भनेकै कृषि र कृषिमा संग्लन बढी महिला हुने भएकै कारण अन्नबाली रोपेदेखि भित्र्याउने, चुट्ने कुट्नेसम्म पनि महिलाकै जिम्मेवारी हुन्छ । कार्यबोझको समस्याबाट सहरका भन्दा ग्रामीण महिला बढी पीडित छन् । ग्रामीण महिलाको कार्य बोझ न्यूनीकरण,उत्पादन पनि वृद्धि, समयको सदुपयोग र छिटो छरितो कामका लागि कृषि विकास कार्यालयले  प्रविधि  वितरण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप