शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रीय कमिटी बैठक : आज प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने

मङ्गलबार, २१ असार २०७९, ०६ : १२
मङ्गलबार, २१ असार २०७९

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने छन् । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले स्पष्टीकरण दिने भएका हुन् ।  

यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् ।

सोमबारको बैठकमा  ४६ जना नेताहरूले भाग लिएका थिए । उनीहरुले  स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माण बारेमा विशेष कुरा उठेको बताएका थिए ।

बैठकमा मूलतः आगामी चुनावमा पार्टीलाई सशक्त बनाएर अघि बढ्नुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिएका छन् । तालमेल गरेर चुनावमा जाँदा पार्टीले सम्मानजनक सिट पाउनुपर्नेमा पनि सदस्यहरुले जोड दिएका छन् । तर, तालमेलभन्दा पनि पहिलो प्राथमिकता एक्लै चुनावमा जानेगरी पार्टीलाई बलियो बनाइनुपर्नेमा उनीहरुको जोड छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप