नेपालमा पहिलोपटक संगीत प्रतियोगिता सम्पन्न
नेपाली संगीतको इतिहासमा लेखन, संगीत र गायनको संयुक्तरूपमा प्रतियोगिता हुँदै आएको भएपनि विशुद्ध संगीत प्रतियोगिता पहिलोपटक सम्पन्न भएको छ । नेपाली संगीतको विकास र विस्तारको अभियानमा नेपालमा पहिलोपटक संगीत प्रतियोगिता राजधानीमा एक समारोहका बीच सम्पन्न भएको छ ।
प्रसाईसन इन्टरटेनमेन्टले आह्वान गरेको राष्ट्रव्यापी प्रसाईसन संगीत प्रतियोगितामा देशभरबाट २६ जना संगीत विधाका प्रतिभाहरूले भाग लिएका थिए । गीतकार, गजलकार चन्द्र प्रसाईं परिष्कृतको शब्दमा ‘म आफैँ रुझेकी जोवनले रुझायो’ बोलको गीतमा उदयपुरका इन्द्र आर.पी., सङ्खुवासभाका केशव अधिकारी, चितवनका जी.बी. सुनार, सुनसरीका पासङ तामाङ र बाँकेका सुजन थारु रहेका थिए । उत्कृष्ट ५ मध्येका चितवनका जी.बी. सुनार प्रथम भएका छन् । प्रतियोगितामा प्रथम भएका सङ्गीतकारलाई नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
समारोहमा गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’ले अमेरिकाबाट पठाएको भिडियो सन्देश प्रसारण गरिएको थियो । उनले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । यो कार्यक्रमलाई वार्षिक रूपमा अगाडि बढाउने जानकारी गराएका थिए । कार्यक्रमको निर्णायकमा वरिष्ठ गायक आनन्द कार्की, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका प्राश्ना शाक्य रहेका थिए ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि, गीतकार दिनेश अधिकारी, विशिष्ट अतिथि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र लेखक, निर्देशक मोहन निरौला, अग्रज पत्रकार तुलसी गिरि भावुक, सानुकाजी श्रेष्ठ, कलाकार उत्तम के.सी., चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुली, म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्ष देवेन्द्र पाण्डे, कवि, निर्देशक हेमप्रभास र निर्णायकहरू वरिष्ठ गायक कार्की, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका प्राश्ना शाक्य रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि