
अपर सोलु हाइड्रोको आइपिओमा पहिलो दिन नै २ गुणा बढी आवेदन

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) मा पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ । आजदेखि आइपिओ जारी गरेको कम्पनीमा पहिलो दिन नै २ गुणाभन्दा धेरैको आवेदन परेको हो ।
कम्पनीले आजदेखि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित १९ लाख ५७ हजार ५०० कित्ता सेयर बिक्री खुलाएको थियो । तर, आज पहिलो दिन नै ४० करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको ४० लाख ९ हजार ७९० कित्ता सेयरमा आवेदन परेको हो ।
कम्पनीले बिक्री खुलाएको सेयरमध्ये ३९ हजार १५० कित्ता सेयर कर्मचारीका लागि र ९७ हजार ८७५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ