
सुकुटे रिसोर्टमा युवती बलात्कृत, काठमाडौंबाट ३ जना पक्राउ

सिन्धुपाल्चोकको सुकुटेमा युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । असार १८ मा चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटे बिच एडभेन्चर क्याम्प रिसोर्टको टेण्टमा आफूमाथि बलात्कार भएको युवतीको आरोप छ ।
बलात्कार आरोपमा प्रहरीले काठमाडौंको कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, रुस कार्की र २६ वर्षका सुलभ क्षेत्रीलाई पक्राउ गरेको छ । रिसोर्टमा २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी रामेश्वरप्रसाद यादवले रातोपाटीलाई बताए ।
बिहान ३ बजे टेण्टमा सुतिरहेको बेला आफु बलात्कृत भएको पीडित युवतीले प्रहरीलाई बताएकी छिन् । युवती छुट्टै ९ जनाको समूहमा घुम्न गएकी थिइन् । आरोपीहरुमाथि ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी यादवले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ