बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अवैधरूपमा विदेशी डलर सेटलमेन्ट गर्नेविरुद्ध ८ करोड बिगोदाबी

सोमबार, २० असार २०७९, २० : ४४
सोमबार, २० असार २०७९

अवैधरूपमा विदेशी मुद्रा सेटलमेन्ट गर्दै आएका एक जनाविरुद्ध राजश्व अनुसन्धान विभागले ८ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ । विभागले पर्वतको कुश्मा घर भर्इ हाल काठमाडौंको सामाखुसी बस्दै आएका गणेश पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा पौडेलले विदेशबाट अनौपचारीक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त गर्दै नेपालमा विभिन्न व्यक्तिहरूलाई भुक्तानी दिएको भेटिएको छ । निजले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै विदेशी मुद्रा सेटलमेन्टको व्यवसाय अपनाएको देखिएको विभागले जनाएको छ ।

‘प्रतिवादीले विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बरावरको रकम निजले नेपाल तर्फको भुक्तानी फरफारक गरेको देखिएको छ,’ विभागले जारी गरेको विज्ञप्तीमा लेखिएको छ । तर, उनले विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र नै नलिएको देखिएको छ । सोहीकारण, उनले गरेको काम विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३,४ र ९ग विपरितको कसुर देखिएको विभागको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप