शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

व्यासमा २४ करोड २९ लाख सामाजिक सुरक्षा भत्ता बाँडिँदै

सोमबार, २० असार २०७९, २० : २९
सोमबार, २० असार २०७९

व्यास नगरपालिका कार्यालयमा आर्थिक वर्ष ०७८/०७९ का लागि २४ करोड २९ लाख छ हजार ७३६ वितरण गरिने भएको छ । नेपाल सरकारले सूचीकृत गरेका सात हजार ६१३ जनालाई उक्त रकम वितरण गर्न लागेको नगरपालिका कार्यालय तनहुँले जनाएको छ । 

त्रैमासिक बजेट निकासा भई सामाजिक सुरक्षा भत्ता वितरणका लागि चौथो किस्तामा नपुग रकम रु चार करोड २४ लाख ३८ हजार ३३० राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा माग गरिएको छ । ज्येष्ठ नागरिक ७० वर्ष पुगेकालाई चार हजार, लोपोन्मुख आदिवासी जनजाति र पूर्ण अशक्त अपाङ्गतालाई तीन हजार ९९० का दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिने प्रावधान रहेको व्यासका पञ्जिकाधिकारी विष्णुकुमार श्रेष्ठले जानकारी दिए । 

त्यसैगरी अन्य ज्येष्ठ नागरिक र एकल महिला ६० वर्ष पुगेका, ७० वर्षमुनिका न्यायिक पृथकीकरण, श्रीमान् नभएका, सम्बन्ध विच्छेद गरेका र विधुवा ६० वर्षभन्दा मुनि श्रीमान् बितेकालाई दुई हजार ६६० का दरले भत्ता वितरण गर्न लागिएको हो । त्यसैगरी, अति अशक्त अपाङ्गता ‘ख’ वर्गका लागि दुई हजार १२८, दलित बालबालिकाका लागि ५३२ का दरले भत्ता वितरण गरिनेछ । नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७७र०७८ मा २० करोड १७ लाख ४३ हजार ३१५ सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । 

गतवर्षको तुलनामा यसवर्ष ३३ प्रतिशतले वृद्धि भएको व्यास नगरपालिकाका सूचना अधिकारी एवं आलेप नोडल अधिकृत कुमारकञ्चन जीसीले जानकारी दिए । उनका अनुसार गत वर्ष सात हजार ५६१ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका थिए । मृत्यु हुनेको सङ्ख्याको तुलनामा जन्मदर बढी हुने हुँदा वार्षिक १५ देखि २० प्रतिशतले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने देखिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप