शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको असहमतिमा धनगढी उपमहानगरको बजेट पारित

सोमबार, २० असार २०७९, २० : २१
सोमबार, २० असार २०७९

धनगढी उपमहानगरपालिकाकी उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधीको असहमतिमा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ ।

सोमबार बसेको आठौं नगर सभाको तेस्रो बैठकमा उपप्रमुख कन्दकला रानासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले असहमति जनाउँदा पनि नगर प्रमुख गोपाल हमालले आगामी आर्थिक वर्षको बजेट बहुमतले पास भएको घोषणा गरेका हुन । उपप्रमुख रानाले आफू योजना तर्जुमा संयोजक भएपनि जानकारी नदिएको भन्दै  बजेटमाथिको छलफल लम्ब्याउन उनले अडान राखेकी थिइन् ।

नगर प्रमुख हमालले बजेट पास भएको घोषणा गरेपछि पनि उनले यो निर्णयमा आफ्नो कुनै सहमति नभएको प्रतिक्रिया दिइन् । उपप्रमुख रानाले उपमहानगरपालिकाको वार्षिक कार्यक्रम पुस्तिका विधि र प्रक्रिया विपरित आएको भनेपछि दुई पक्षबीच चर्काचर्की भएको थियो ।  काँग्रेसका जनप्रतिनिधिहरूले पारित गर्न दबाब दिएपछि नगर प्रमुख हमालले बहुमतले पारित भएको सभामा जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप