शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपनमा ६४ वर्षीया महिला डेरामा मृत फेला

सोमबार, २० असार २०७९, २० : ०८
सोमबार, २० असार २०७९

काठमाडौंको कपनस्थित बालुवाखानीमा ६४ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । विराटनगर घर भएर कपन बस्ने सविता गिरी खड्का मृत फेला परेकी हुन् ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ । मृतक छोरासँग बस्दै आएकी थिइन् । छोरा अयोदिन खड्का सुस्त मनस्थितीका  छन् ।

बेडमा मृत भेटिएकी सविता गिरीको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ । बेडमा रगत देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप