ad
x

किसानलाई मल दिनु मेरो पहिलो प्राथमिकता हो : मन्त्री सिंह

person explore access_timeअसार २०, २०७९ chat_bubble_outline0

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै  मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताए ।


उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पु¥याउनु भएको बताए । उनले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए । मन्त्री यादवले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका थिए ।  



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।