शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संघ र प्रदेशको निर्वाचनमा गठबन्धन नगर्ने दबाब छ : गिरिराजमणि पोखरेल

सोमबार, २० असार २०७९, १८ : ३१
सोमबार, २० असार २०७९

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका छन् । सोमवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका हुन् ।

उनले जारी केन्द्रिय कमिटी बैठकमा विभिन्न धारणा व्यक्त गरेको जानकारी दिए । पार्टीभित्र एक्लै निर्वाचनमा जानुपर्ने, वर्तमान गठबन्धनलाई लिएर जानुपर्ने तथा वाम गठबन्धन गर्नुपर्ने लगायतका मत पार्टीभित्र रहेको स्पष्ट पारे । उनले वाम–लोकतान्त्रिक तथा वाम–समाजवादी गठबन्धन गर्नुपर्ने पनि मत रहेको उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप