शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावमाथि संसदमा छिट्टै छलफल हुन्छ : कानुनमन्त्री शर्मा

सोमबार, २० असार २०७९, १८ : २६
सोमबार, २० असार २०७९

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने आश्वासन दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दवाव दिइरहेका बेला उनको यस्तो भनाइ बाहिर आएको हो ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले बजेट पारित गराउने पहिलो दायित्व भएकाले संसदमा सो महाअभियोग प्रस्तावबारे छलफल गराउने काममा केही ढिलाई हुन गएको जिकिर समेत गरे । मन्त्री कोइरालाले सो महाअभियोग प्रस्ताव संसदमा छलफल गराउनका लागि संघीय संसदको कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहेको जानकारी समेत दिए ।  

मन्त्री कोइरालाले महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएका आरोपहरू के–के हुन ? भन्ने बारे व्यापक छलफल हुने पनि बताए । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलमा आवद्ध ९८ जना सांसदहरुले गत फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । मन्त्री कोइरालाले प्रधानन्यायाधीश जबरा निलम्बित भएपनि उनको सबै कार्यभार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप