मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थल र ट्राफिकमा डीआईजी राख्ने निर्णय

भरतपुर तालिम केन्द्रमा पनि डीआईजी
सोमबार, २० असार २०७९, २२ : १९
सोमबार, २० असार २०७९

 गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डीआईजीलाई काजमा खटाउने निर्णय गरेका हुन् । 

नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डीआईजी खटाउने निर्णय गरिएको छ । यसअघि तीनवटै ठाउँमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) कार्यरत थिए । दरबन्दी नभएपनि त्यहाँ डीआईजीहरुलाई काज सरुवा गरिएको छ । 

गृहमन्त्री बालकृष्ण खाणले आईतबार त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा डीआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गरेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मीरा चौधरी र नेपाल प्रहरी शिक्षालय भरतपुरमा डीआईजी सन्दिप भण्डारीलाई काजमा खटाउने निर्णय गरिएको छ ।

त्रिभुवन विमानस्थलमा २०७५ मंसिर २६ सम्म डीआईजी शेर बहादुर बस्नेत कार्यरत थिए । त्यसपछि विमानस्थलमा एसएसपी राख्न थालियो । बस्नेतको कार्यकाल पछि विमानस्थलको कमाण्ड एसएसपी सन्दिप भण्डारीले समालेका थिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा २०७४ चैत २८ सम्म तत्कालिन डीआईजी सर्वेन्द्र खनाल कार्यरत थिए । खनाल आईजीपी नियुक्त भएपनि ट्राफिकमा एसएसपी राख्न थालियो । खनाल आईजीपी भएपछि तत्कालिन एसएसपी उमेश रन्जितकारले ट्राफिकको कमाण्ड समालेका थिए । नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि बरिष्ठ उपरीक्षकको दरबन्दी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप