
नवनियुक्त मन्त्रीका प्राथमिकता : रासायनिक मल र इम्बोस्ड नम्बर

नवनियुक्त कृषिमन्त्री मृगेन्द्र यादवले आफ्नो पहिलो प्राथमिकता रासायनिक मल अभाव पूर्ति गर्ने रहेको बताएका छन् । सोमबार मन्त्रीको सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदबहाली गर्दै मन्त्री यादवले आफ्नो पहिलो प्राथमिकता कृषि मन्त्रीको पहिलो प्राथमिकता किसानहरुलाई रासायनिक मल सुलभ तरिकाले उपलब्ध गराउने बताएका हुन् ।
‘विभिन्न कारणले मल समयमा नआएको हो । ती सबै कुराको जानकारी लिएर किसानलाई मल दिलाउन मेरो पहिलो प्रथामिकता हुन्छ’, मन्त्री यादवको भनाइ छ । यस्तै भौतिक मन्त्री इस्तियाक राईले इम्बोस्ड नम्बर आउनुभन्दा पहिले त्यसलाई सञ्चालन कसरी गर्ने भन्ने मेकानिजम बनाइने बताएका छन् । ‘इम्बोस्ड जे कारणले लागू गर्न खोजिएको छ त्यसको मेकानिजम पहिला बनाउनुपर्छ अनि मात्र इम्बोस्ड लागू गर्नुपर्छ’, मन्त्री राईको भनाइ छ ।
त्यस्तै उनले असारे विकासलाई रोक्नुपर्ने पनि बताएका छन् । ‘असारे विकासलाई रोक्नुपर्छ । समाचारमा देखिएको छ– सडकमा अलकत्रा बगेको छ । त्यो कसरी भयो त्यतातिर ध्यान दिनु आवश्यक छ’, मन्त्री राईको भनाइ छ । त्यस्तै उनले टिमवर्कमा काम गर्न चाहने भन्दै सबै मिलेर काम गर्नुपर्ने पनि बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ